नियम ३४
प्रसूति स्याहार बिदा
(१) कुनै पुरुष प्रहरी कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले पत्नी सुत्केरी हुनुभन्दा अघि वा सुत्केरी भएपछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।
(२) प्रसूति स्याहार बिदा सेवा अवधिभरमा दुई पटक मात्र लिन पाइनेछ ।
(३) प्रसूति स्याहार बिदामा बस्ने प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।
(४) प्रसूति स्याहार बिदा लिएको प्रहरी कर्मचारीले बिदा लिएको मितिले तीन महिना भित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र केन्द्रमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र प्रमाणपत्र पेश नगर्ने प्रहरी कर्मचारीको त्यस्तो अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।
(६) प्रसुति बिदा तथा प्रसूति स्याहार बिदामा बसेका प्रहरी कर्मचारीलाई बढीमा दुईवटा बच्चाको लागि जनही एकमुष्ट पाचहजार रुपैया शिशु स्याहार भत्ता दिइनेछ ।